Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रैथाने धान संरक्षण गर्ने किसानलाई रु एक-एक हजार अनुदान दिइने

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, बागलुङ। अहिले रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भइसकेका छन् । यसै सन्दर्भमा रैथाने धान संरक्षण गर्ने किसानलाई बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले अनुदान दिने भएको छ । 

वडाले किसानको उत्पादनको आधारमा अनुदान कार्यक्रम घोषणा गरेको हो । रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम वडा कार्यसमितिले निर्णय गरेर ल्याइएको हो । वडाध्यक्ष नारायण शर्मा पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी रु एक-एक हजार अनुदान दिइने छ ।   रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको वडाध्यक्षले जनाएका छन । पौडेलका अनुसार आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको छ ।

यस विषयमा पौडेलले भने “तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ, वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।” 
लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागिएको हो । किसानलाई अनुदान दिन वडाले पहिलो चरणमा रु ५० हजार विनियोजन गरेको छ ।

  • न्युज बहार संवाददाता

थप