Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सडकमै तरकारी फालेर आन्दोलन ।

भारतीय तरकारीको आयात बन्द गर्नुपर्छ ।

  •   ४ वर्ष अघि | २० माघ २०७९, शुक्रबार


माघ २०, चितवन । भारतीय तरकारीको आयातले‌ गर्दा आफ्नो तरकारीले‌ उचित बजार र मूल्य‌‌ नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमै फालेर आन्दोलन गरेका छन् । चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै उनिहरुले सडकमै तरकारी फालेर विरोध गरेका छन ।

चितवनका तरकारी उत्पादक किसानहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा,सिमि, काउली, बन्दा, जस्ता सबै खालका तरकारी सडकमा फालेर आन्दोलन गरेका छन । तरकारी उत्पादक किसान लेखनाथ भुसालले भने, ‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ ‘हाम्रो दुःख र पसिना यसै गयो ।, सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो पनि गरेका छन।

आफ्नो लागत अनुसारको तरकारीको मूल्य सरकारले तोकिदिनु पर्ने र भारतीय तरकारीको आयात रोकिनुपर्ने माग उनीहरुले गरेका छन। किसानलाई मार्न पाईदैन भन्दै प्रर्दशनका कारण केहीबेर राजमार्गमा सवारी साधान सञ्चालन अबरोध भएको थियो भने किसानहरुलेसरकारले आफुहरुको समस्या समाधान नगरे थप शशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

थप