साउन ५, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादित रैथाने आलुलाई ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ गरी बजारमा लन्च गरेको छ ।
मालिका गाउँपालिकामा परम्परात र पुरानै शैलीमा उत्पादित स्थानीय जातको आलुलाई ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ गरी व्यवस्थित रुपमा बजारीकरण गर्ने उदेश्यले बजारमा ल्याइएको हो ।e
गाउँपालिका र कृषि ज्ञानकेन्द्रले ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने नाराका साथ प्रवर्द्धन गरी आलुको ब्राण्डिङसहित सार्वजनिक गरिएको हो ।
जिल्ला ससन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले गुल्मीको जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर आलुको ब्राण्डिङ, लेवलिङ र प्याकेजिङ सर्वजनिक गरेका हुन ।
समन्वय प्रमुख खत्रीले आलुको प्याकेज सार्वजनिक गर्दै गाउँपालिकाले अब दीर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने बताएका छन ।
स्थानीय जातको रैथाने आलुलाई ‘मालिकाको पहिचान रैथाने र अर्गानिक आलुको उत्पादन’ भन्ने ब्राण्ड राखेर ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर बजारमा ल्याइएको छ भने
मालिकाको रैथाने आलु अहिले गुल्मी जिल्लासँगै बुटवल र काठमाडौँसम्म पनि पुर्याउने लक्ष्य लिइएको छ ।
- न्युज बहार संवाददाता