माघ
१३, स्याङ्जा । स्याङ्जा अधिकाशं किसानले व्यावसायिक
रुपमा आलुखेती थालेका छन् । वालिङ, गल्याङ, भीरकोट
चापाकोट का किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन्
।
स्याङ्जा कृषि
ज्ञान केन्द्रका केन्द्र प्रमुखले यस
वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान जनाएका
छन । यही क्षेत्रमा गत
वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो ।
अहिले जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको र क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुने
देखिएको छ । ज्ञान
केन्द्रले आलुखेती गर्ने किसानलाई बीउ खरिदमा अनुदान, स्थलगत प्राविधिक प्रशिक्षण, सिँचाइ, गे्रडिङ, रोगकीरा
व्यवस्थापन, प्याकिङ, भण्डारण
र बजारीकरणका लागि सहयोग गर्दै आएको छ ।
- न्युज बहार संवाददाता