माघ ३, काठमाडौँ । काठमाडौँको भाजी रायो सागमा फेरी पनि विषादी
भेटिएको छ । आज परीक्षण गरेको तरकारीमध्ये काठमाडौँ क्षेत्रमा उत्पादित भाजी रायो
सागमा विषादी भेटिएको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
२० वटा
तरकारीको नमुना सङ्कलन गरी समितिले विषादीको परीक्षण गर्दा १ वटा तरकारीको नमुनामा
विषादी पाइएको हो ।
८६.४४८ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादी काठमाडौँ क्षेत्रका भाजी रायो सागमा भेटिएको हो ।
- न्युज बहार संवाददाता