Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बेमौसममा बजारमा पठाउने तयारीका साथ सुन्तला चिस्यान गृहमा राँखिदै

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, म्याग्दी । म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका कृषकद्वारा उत्पादित सुन्तलालाई अहिले चिस्यान गृहमा भण्डारण गरिएको छ । सुन्तला भण्डारण बेनी४ सिंगामा निर्माण भएको चिस्यान गृहमा गरिएको हो । बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बेनी४ का वडाध्यक्ष अणबहादुर खड्काले बताएका छन । 

खड्का अनुसार बेनी ३ को राखु, मरेक, वडा नम्बर४ को सुर्केमेला, बास्कुना र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला सङ्कलन गरेर राखीको हो भने  सुन्तलापछि जिल्ला भरका कृषकले उत्पादन गरेको आलुलगायत कृषिउपज भण्डारण गर्ने तयारी समेत गरिएको छ ।

अगामी फागुन चैत महिनाको बेमौसममा बजारमा अहिले चिस्यान गृहमा राखेको सुन्तला पठाएर बढी मूल्य पार्न सकिने वडाध्यक्ष खड्काले जनाए । बेनी नगरपालिकाले कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि गत असोजमा चिस्यान गृह निर्माण सम्पन्न गरेको थियो । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर २ भगवतीमा २५ मेट्रिक टन र वडा नम्बर झिँमामा २० मेट्रिक टन र क्षमताको चिस्यान गृह निर्माण भएको छ । गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमका अनुसार झिँमा रु २१ लाख ७८ हजारको लागतमा चिस्यान गृह निर्माण भएको हो  

  • न्युज बहार संवाददाता

थप