माघ ८, स्याङ्जा
। यस वर्ष स्याङ्जा जिल्लाको भिर कोट नगरपालिका–७ मा रु ११ करोड बढीको सुन्तला
बिक्री भएको छ । स्याङ्जाका जिमिरे,
तिलाहार,
धोबादी,
बल माटा, लोलुङ्गा, पासिन्डाँडा, पाङसाङ, कोलडाँडा, चिउरीखर्कलगायतका गाउँबाट
सुन्तला उत्पादनका लागि परिचित रहेको छ ।
आफ्नो
वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला
सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले बताएका छन ।
अध्यक्ष
अर्यालका अनुसार तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो
सातासम्म सबै बिक्री गरिसकिने छ भने सुरुमा प्रतिकेजी रु ४० मा बिक्री गरेको
सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी रु ७० का दरले बिक्री भएको छ ।
उनले भने
“यहाँ
उत्पादन भएका सुन्तला किसान आफैँले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर
अन्यत्र पठाउने गरिन्छ, विशेषगरी यहाँका सुन्तला पोखरा,
काठमाडौँ, बुटवल, नारायणगढ
जस्ता
सहरमा जाने गरेको छ ।”
स्याङ्जा जिल्लाको भिर कोट
नगरपालिका–७
मा कोदोखेती गर्दै आएका बारीमा अहिले
सुन्तलाका बोट देख्न सकिन्छ । यहाँका स्थानीयका अनुसार सुन्तलाखेतीबाट आम्दानी लिन
सकिने भएपछि सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका हुन ।
- न्युज बहार संवाददाता