मंसिर
२०, रामपुर । यही मङ्सिर २२ र २३ गते रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको
आयोजनामा सुन्तलाखेती प्रवर्दन गर्न सुन्तला महोत्सव हुने भएको छ ।
महोत्सव
आयोजक समितिका संयोजक दानबहादुर कुँवरका अनुसार रैनादेवीछहरा र रिब्दीकोट
गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख महोत्सव सञ्चालनका लागि प्रदान गरेका छन
।
यो महोत्सव
सुन्तलाको बजार, प्रविधिबारे
बुझ्ने र सीप सिक्ने अवसर हुने बताए । महोत्सवमा सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु प्रदर्शन
गरिनेछ ।
- न्युज बहार संवाददाता