माघ १५, तनहुँ । तनहुँ जिल्लाका म्याग्दे गाउँपालिका र देवघाट
गाउँपालिका केही क्षेत्रहरु सुन्तलाखेतीको
पकेट क्षेत्रका रूपमा मानिन्छन् । त्यसमध्ये केही
वर्षअघि सम्म गुञ्जार
उमाचोकमा सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको सुन्तला
किसानहरुले बताएका छन ।
किसनका
अनुसार दुई/तीन
वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुने गरेको थियो, त्यसैले आम्दानी पनि पनि मनग्ये
हुन्थ्यो तर अहिले फल नै कम लाग्न थालेको छ भने सुन्तलाको बोटमा विभिन्न रोग लग्ने
गरेको छ ।
आम्दानीको
स्रोत नै सुन्तला भएका किसानहरु सुन्तला उत्पादन घटेपछी मारमा परेका छन ।
त्याहाँका
एउटा बोटमा विगतमा सुन्तला एक क्रेट फल्थ्यो तर अहिले एक किलो पुग्नसमेत मुस्किल
हुने गरेको छ ।
अघिल्लो
वर्षसम्म ठिक ठाक उत्पादन भएको सम्झदै किसानहरु यस वर्ष भने फल नै कम लागेको
दुखेसो गर्छन । गत वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका किसानहरु अहिले पहोरको
आम्दानिको आधा पनि नहुने पिरमा छन ।
कृषि
ज्ञान केन्द्रका अनुसार सुन्तलाका बोटमा फल कमलाग्नु र रोग लाग्नु सबै जलबायु परिवर्तनले
गर्दा भएको हो । यसको समस्या तत्कालका लागि केही नभएको केन्द्रले जनाएको छ ।