असार २९, कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।
डगौंरालाई हिजो बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिएका छन।
अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
- न्युज बहार संवाददाता