फागुन ९ काठमाडौँ । गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको
मृत्यु भएको छ।
रत्ननगर
नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु
भएको हो।
चितवन
राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले
आक्रमण गरेको थियो।
निकुञ्जका
सूचना अधिकारी गणेशप्रसाद तिवारीले बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र
घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको जस्तो देखिएको बताएका छन।