मंसिर २२, काठमाडौँ । आन्तरिक उत्पादनको आलु
र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजश्व विभागले प्रष्ट
पारेको छ । उद्योगी व्यवसायीहरुले आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै चार
दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले आज शुक्रबार यस्तो
प्रष्टोक्ति दिएको हो ।
विभागले आज
शुक्रबार एक विज्ञप्ति जारी गर्दै आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य
अभिवृद्धि कर (भ्याट ) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा
ध्यानाकर्षण भएको जनाएको छ । विभागले भ्याटको व्यवस्था स्वदेशी उत्पादन अभिवृद्धि
गर्न गरिएको भन्दै आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको हो ।
विभागले जारी
गरेको विज्ञप्तिमा भनेको छ ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल
सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर
नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’
नेपालमा बंगलादेशबाट
आलु र भारतबाट प्याज आयात हुन्छ ।
- न्युज बहार संवाददाता