Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

मंसिर १८, काठमाडौँ । अदुवा नेपाली भान्साघरमा प्रयोग हुने अदुवा नेपालको मध्यपहाडी क्षेत्रका कृषकहरूका लागि एउटा महत्त्वपूर्ण नगदे बाली हो । मध्यपहाडी क्षेत्रका कृषकहरूका लागि अदुवा खेती प्रमुख नगदे बाली को रूपमा स्थापित भइरहेको छ । पहाडी भेगमा मात्र नभएर पछील्लो समय तराई क्षेत्रमा पनि अदुवा खेतीको केही मात्रमा हुने गरेको पाइन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा नेपालमा नै उत्पादन भएको अदुवाले राम्रो सम्भावना देखाएको छ । नेपाली समाजमा मसला बालीको रूपमा प्रयोग हुँदै आएको अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाउन थालेको छ ।

नेपालको सन्दर्भमा सरकारी निकायसँग नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन ।

नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको उल्लेख नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक  अध्ययन पुस्तिकामा छ । अन्तर्राष्ट्रिय बजारमा अदुवाबाट बनेका विभिन्न बस्तुको माग बढ्दो क्रममा छ ।  

सो अध्ययन प्रतिवेदनमा बाँकी ४० प्रतिशत उत्पादन भने आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरि उल्लेख गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप