Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

समयअघी नै पाक्न थाले मुस्ताङका स्याउ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौँ १८, म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपाली भदौंमै खान योग्य बनेको छ । विगतका वर्षमा असोज लागेपछि अली अली गुलियो पस्न सुरु गर्ने स्याउहरु यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको हो । हिराचनका अनुसार पहिले असोज नलागी यहाँको स्याउमा स्वाद नआउनेमा यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको र स्याउ पनि १५२० दिनअघि नै पाक्न थालेको छ ।

घरपझोङ गाउँपालिका३ का किसान किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव रहेको छ । यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान बताउँछन् ।  
किसान तथा कृषि प्राविधिकका अनुसार तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको हो । गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ समय अघी नै पाकेको मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले जनाएका छन ।

भट्टका अनुसार उच्च घनत्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन् स्थानीय जातको स्याउमा पनि गुलियोपना नाप्दा विगतको तुलनामा केही समयअघि पाक्ने देखिएको छ ।

स्याउको गुलियोपना उपकरणको सहायताले नापिन्छ । गुलियोपनाको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य मानिन्छ । दानाभित्रको रहेको स्याउको गेडा कालो भयो भने पनि स्याउ पाकेको हुन्छ । भदौ १० गतेदेखि उच्च घनत्वको गाला प्रजातिका स्याउ र भदौ १५ गतेदेखि रिङरोट जातको स्याउ टिप्न थालिएको छ ।

  • न्युज बहार संवाददाता

थप