Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कफी खेतीबाट लाखौँको आम्दानी

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, इलाम । ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की बनेका छ्न्।

कार्कीले ६० रोपनी क्षेत्रफलको जग्गामा कफीको बिरुवा लगाएका छन्। जाहाँ उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा रहन्छन । व्यावसायिक कफीखेती उनले विगत छ वर्षदेखि सुरु गरेका छन । व्यवसायी कार्कीले आफ्ना सबै जग्गामा कफीखेती विस्तार गरेका छन् । अहिले उनको बगानमा छ हजार कफीका बोटहरु हुर्करहेका छन ।

उनको बगानका अधिकांश कफीका बोटले आम्दानी दिन सुरु गरेका छन । वार्षिकरूपमा रु १३ लाखसम्म उनले कफीखेतीबाट आम्दानी गर्दै आएका छन्। छुट्टाछुट्टैरूपमा कफीको चेरी र बिरुवा बिक्रीबाट आम्दानी लिँदै आएको उनको अनुभव रहेको छ ।

उनले ‘इलाम एग्रो फार्म’ विसं २०७४ देखि दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका छन्। 

उनका अनुसार विगत छ वर्षदेखि उनले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएका छन, अधिकांश बोटले अहिले आम्दानी दिन थालिसकेको छन ।

‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ।’ उनले भने,  ‘सरदरमा वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।’

व्यवसायी कार्कीले ‘अरविका’ नामक कफीखेती विस्तार गरेका छन भने उनले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन्। उनका अनुसार याममा बिरुवा बिक्रीबाट छ लाखसम्म आम्दानी हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप