Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागवानीको आँप ५३ लाख भन्दा बढी मुल्यमा ठेक्का

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, सोमवार

जेठ १२, सर्लाही ।  यस वर्षको लागि ५३ लाख बढी मूल्यमा उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले आँप बिक्री ठेक्का लगाएको छ ।

जम्मा रु ५३ लाख ७१ हजारमा केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको उक्त आँप बिक्रीको लागि ठेक्का लगाइएको हो । 

केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवका अनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको छ ।  यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको निमित्त प्रमुख यादवले जनाएका छन । गत वर्ष बागवानीको आँप रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो । 

  • न्युज बहार संवाददाता

थप