Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विषादीको प्रयोगले पकाइएको आँप बजारभरी छ्यापछ्याप्ती बिक्री वितरण हुदैँ।

  •   ३ वर्ष अघि | १७ जेष्ठ २०८०, बुधबार

जेठ १७, मोरङ।  मोरङ जिल्लाको विराटनगर बजार क्षेत्रमा अहिले विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन् ।

बजार अनुगमन सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरिरहेका छन् ।

नाफा कमाउने मुख्य उद्धेश्यले समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । समय भन्दा अगाडि नै आँप पकाउन लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीहरुले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने त्यसमा विषादी प्रयोग गरि पकाएर बेच्ने प्रकृया चलिरहेको छ ।

यसरी विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम एकदमै धेरै हुन्छ। अझ बच्चा, बृद्ध- बृद्धाहरुलाई यसले धेरै मात्रामा असर गर्दछ।

भारतसितको खुला सीमाका कारण व्यापारीले भारतबाट सस्तोमा काँचो आँप किनेर नेपाल ल्याउने र काँचो आँपमा कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरेर छिटो पाकेका यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् ।

कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी  मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्याहरु देखिने बताए । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने क्रम बढेको उनले बताए।

 

  • न्युज बहार संवाददाता

थप