Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गाईको गोबरबाट दियो र धुपबत्ती बनाउँदै

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, कैलाली । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट बत्ती बाल्ने दियो र धुपबत्ती बनाउन सुरुआत गरेको छ । तीन चरणको परीक्षणपछि सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले धुपबत्ती बनाउन थालनी गरेको  हो ।

भारतको काशीपुर गएर तालिम लिएर आएका टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले तालिममा सिकेको जसरी धुपबत्ती र गोबरका सामग्री निर्माणबारे सुरु गरेका हुन ।

उक्त तालिमपछि धुपबत्ती र दियो बनाउन  काम धमाधम भइरहेको छ । सदस्य उपेन्द्र न्यौपानेले पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको जानकारी दिएका छन । उनले भने,  “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउँछ र वातावरणका हिसाबले पनि राम्रो मानिन्छ।”

गाई संरक्षणमा यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी खर्च गरिनेछ योजना रहेको छ । यसरी बनाइएको धुपबत्ती स्वास्थ्यका हिसाबले बजारमा पाइने केमिकल मिसावट धुपभन्दा धेरै लाभदायक हुन्छ ।

५५ वटा घरमा गौशालाले गाईको गोबरबाट ग्यास वितरण सुरु गरेको छ । यससँगै गाईको गोबर तथा  मल बिक्री पनि सुरु गरेको छ । अब दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको हो । गौशालाका सचिव जोशीका अनुसार यससँगै गौशालाले शुभलाभका चित्र, नम्बरप्लेट, प्रमाणपत्र, भगवान्का मूर्तिलगायतका सामग्री निर्माण गर्ने योजना पनि छ ।

  • न्युज बहार संवाददाता

थप