साउन ३, बागलुङ । पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन बागलुङ नगरपालिकाका सबै स्थानीय तहका वडा वडामा औषधि र खोप पठाइएको छ ।
उक्त औषधि र खोप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पठाएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बागलुङमा दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको बताए। बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप केन्द्रले पठाएको हो ।
बागलुङमा लम्पी स्किनबाट एक सय ६६ गाईको मृत्यु भएको छ भने लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने जस्ता लक्ष्यण देखिने गर्दछ ।
यस रोगबाट पशु फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु बढी बिरामी भएको पाइएको छ ।
- न्युज बहार संवाददाता