Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ढुवानी अभाव, स्याउ बजार झार्न समस्या

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौँ २७, पोखरा । उत्तरी गोरखाका किसानहरूले उत्पादन गरेका स्याउ ढुवानी अभावका कारण बजार झार्न समस्या देखिएको छ । व्यावसायिक स्याउ खेती गरेका किसानका फार्ममा उत्पादन भएको स्याउ गोदाममै थन्किएको हो । 

उत्तरी गोरखामा प्रदेश सरकारको बिरुवामा कोभिडको समयमा ७० प्रतिशत अनुदान पाएका किसानहरूले धमाधम स्याउ खेती थालेका छन् । त्यसरी लगाएका सबै बोटबाट उत्पादन सुरु भएको तर बजारसम्म पुर्याउन नसकिएर गोदाममा थन्किएको छ ।

समस्याको समाधानका लागि अहिले पर्यटनको सिजन भएका कारण पर्यटक पुर्याउन गएको हेलिकोप्टर मार्फत काठमाडौँ लैजान पहल भइरहेको छ । स्थानिय किसानका अनुसार हिमाल चढ्न पर्यटक लिएर आएको हेलिकोप्टरमा हालेर स्याउ बजार झार्ने गरिएको छ ।  त्यसरी बजार झार्न पनि महँगो पर्ने र खच्चडबाट झार्दा स्याउमा धेरै क्षती हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप