Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

करेसाबारीमा समेत खेती गर्न थालेपछी किवीको उत्पादन बढ्दै

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४,   इलाम । ४० रोपनी क्षेत्रफलमा किवीखेती गर्दै आएका इलाम जिल्ला सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले यस खेतीमा सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने बताएका छन । उनले यस खेतीमा दिगो फाइदा देखेर नै आफु यस तर्फ लागेको बताएका हुन ।

उनका अनुसार किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुन । सापकोटाका कै वडाका अर्का किसान देवेन्द्र सुवेदीले आफ्नो अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रको जग्गामामा किवीखेती गरेका छन ।

सन्दकपुर गाउँपालिका–५ जमुनाका किसान युवराज भट्टराईका अनुसार किवी प्रतिकिलो रु एक सयदेखि रु दुई सय ५० सम्म बिक्री हुने गरेको छ  भने उत्पादन गरिएको किवी बेच्नका लागि बजारको समस्या छैन । उनले भने, “व्यापारीहरुले बगानबाटै गे्रडिङ गरी प्रतिकिलो रु ७० देखि रु एक सय सम्ममा खरिद गर्दछन्, बजार पुर्याउन सकियो भने प्रतिकिलो रु दुई सय ५० सम्ममा सजिलै बिक्री हुन्छ।” 

फिक्कलमा अघिल्लो आव ०७९/८० मा सात सय असी हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ । यसरि किवी खेती बढ्दै जाँदा दुई हजार आठ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको छ । अहिले सन्दकपुरका किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेका छन । यसले गर्दा अहिले उत्पादन वृद्धि  हुन थालेको छ । 

  • न्युज बहार संवाददाता

थप