पुस ४, म्याग्दी
। यस वर्ष म्याग्दी जिल्लाको अन्नपूर्ण
गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले रु
सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् ।
उनले तीन सय ५० बोट सुन्तलाको लगाएका छन । उनले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै
सुन्तला बिक्री गरेका थिए। सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी
बढेको उनले बताए।
विगत १३
वर्षदेखि दोसल्लेमा सुन्तलाखेती हुन थालेको थियो । यहाँका किसानहरु परम्परागत
अन्नबाली लगाउन छाडेर सुन्तला खेतीमा आकर्षित हुन थालेका छन ।
सुन्तलाबाट
मनग्य नगद आम्दानी हुन थालेपछि प्राय किसानहरु सुन्तलाखेती विस्तारमा जुटेका छन् ।
अहिले दोसल्ले सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन व्यावसायिक सुन्तला जात
कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।
- न्युज बहार संवाददाता