साउन १५, भोजपुर । भोजपुर जिल्लाका किसानलाई सधैँ झै यसपालि पनि बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान बाँदरको उपद्रो बढेपछि समस्यामा परेका हुन् । यतिबेला मकै पाक्ने समययमा बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसानहरु हैरान भएका छन् ।
जिल्लाका अधिकांश भू–भागका स्थानीयले बाँदरकै कारण समस्या भोग्दै आएका छन् । बावदरले धेरै दुख दिने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत हैरानी केप्नु परेको दिने स्थानीयको भनाइ छ । बाँदरले भोजपुरका दलगाउँ, बास्तिम, खावा, मानेभञ्ज्याङ, गोगने, बोखिम, कोट, लेखर्क, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । सीस्थानीयवाको भनाइ अनुसार बस्ती खाली हुदै गएपछी माथिल्लो भेगसम्म बाँदर आउन थालेका छ।
रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधान बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने बताउँछन ।
उनको भनाइ अनुसार बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ-दश वर्षमा धेरै बस्ती खाली हुन सक्छ।
भोजपुरमा बाँदरले अन्नबाली उत्पादनमा बाधा पुर्याउने , लगाएको अन्न बाली नष्ट गरिदिने गरेपछी अहिले धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । “बाँदरको उपद्रो बढ्दो छ”, तीर्थबहादुरले भने, “एक घण्टा मात्र बालीमा पस्यो भने वर्षभरि खाने अन्न छिन भरमै खाइदिन्छ र काम नलाग्ने बनाइदिन्छ, बाँदर नियन्त्रण गर्न नसक्दा आफ्नो भएको खेतबारी बाँझो राखेर किनेर खानुपर्ने बाध्यता रहेको छ, गाउँबस्ती नै बाँदको आतंकले आतङ्कित बनेको छ ।”
- न्युज बहार संवाददाता