साउन २६, काठमाडौँ । नेपालबाट गरिने गोलभेंडा आयातमा लगाएको प्रतिबन्धलाई भारतले हटाएको छ ।
नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी भारतीय अर्थमन्त्री निर्मला सितारमणले दिएकी हुन् ।
उनले बिहीबार भारतको संसदमा सम्बोधन गर्दै नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी हुन ।
द इकोनोमिक्स टाइम्सले नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा उल्लेख गरेको छ ।
उनले शुक्रबारदेखि नेपालबाट आयात हुने गोलभेंडा वाराणासी, कानपुर र लखनउमा भित्रिन सुरु हुने बताएकी थिइन् ।
- न्युज बहार संवाददाता