भदौ ३, काठमाडौँ । भारतले प्याजको निर्यातमा महसुल बढाएको छ । निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल भारतले बढाएको हो ।
भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
भारतको यो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । मुख्य चाडपर्व नजिकिँदै गएपछि यस वर्ष जस्तै हरेक वर्ष भारतले प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।
२ भदौदेखि १५ पुससम्म लागू हुने गरी भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले प्याज निर्यातमा महसुल बढाएको हो । विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक भारत हो ।
- न्युज बहार संवाददाता