Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केराखेती गर्ने किसानको सङ्ख्या बृद्धी

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

भदौ ३१, घोराही । दाङ जिल्लामा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बृद्धी हुँदै गएको छ । केराखेतीका लागि दाङ जिल्लाको देउखुरी क्षेत्रमा माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी हुने हुनालेले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बृद्धी हुँदै गएको हो ।

दाङ जिल्ला राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरीले पनि विगत चार वर्षदेखि केराखेती गर्दै आइरहेका छन् । उनले सुरुमा तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती सुरु गरेका हुन । यसै केरा खेतीबाट उनले अहिले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएका छन ।

किसान चौधरीका अनुसार उनले केराखेतीबाट राम्रो आम्दानी लिँदै आएका छन भने अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । यस खेतीमा धेरै मेहनत पनि गर्नु पर्ने हुँदैन ।

किसान चौधरीले भने ‘अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट छौँ।’ उनका अनुसार उनी आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेका छन ।

उनले उत्पादन गरेको केरा बिक्रीमा समस्या नरहेको र  अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका उनी बताउँछन ।

  • न्युज बहार संवाददाता

थप