Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धान खेतिको क्षेत्रफल घट्दा पनि धान उत्पादनमा बृद्धी

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, गुल्मी । यस वर्ष गुल्मी जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको हो । 

 
यो वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने घटेको बताइएको छ । गत वर्ष जिल्लाको सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएको थियो भने यस वर्ष सात हजार दुई सय ८८ हेक्टरमा धान ति गरिएको प्रमुख धितालले जनाएका छन ।

यस वर्ष धान उत्पादन बढ्नुको मुख्य कारण उन्नत तथा हाइब्रिड बीउको प्रयोग, समयमा वर्षा, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धता रहेको केन्द्रले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप