Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तेलहन बाली उत्पादनमा वृद्धि

  •   २ वर्ष अघि | ३१ जेष्ठ २०८१, बिहिबार

जेठ ३१, कैलाली । गत वर्षको तुलनामा कैलाली जिल्लामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार सात सय ९७ मेट्रिकटन उत्पादन भएकोमा यसवर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र कैलालीले गत वर्षको तुलनामा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको जनाएको छ । त्यसैगरी गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो ।
यसवर्ष जिल्लामा कुल तोरी (एकल बाली) छ हजार चार सय १० र तोरी (घुसुवा बाली) सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा तोरी (एकल बाली) आठ हजार छ सय २० मेट्रिकटन र तोरी (घुसुवा बाली) पाँच हजार तीन सय ४० मेट्रिकटन गरी कूल १३ हजार नौ सय ६० मेट्रिकटन उत्पादन भएको हो ।

  • न्युज बहार संवाददाता

थप