असार ७, काठमाडौँ । पर्यटन, संस्कृति, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर भक्तपुर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीयस्तरमा उत्पादन हुने परिकार प्रवर्द्धनदेखि शिक्षा क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसम्मको योजना रहेको प्रष्ट पारेको पाइन्छ ।
नगरपालिकाको नीति तथा कार्यक्रममा ‘घरेलु उत्पादनहरू ताइचिन चिउरा, जुजु धौ, भादगाउँले टोपीको प्रवर्द्धनका लागि आवश्यक व्यवस्था मिलाइने र समय समयमा घरेलु उत्पादन मेलाको आयोजना गरी घरेलु उत्पादनलाई टेवा पुर्याउने गतिविधिलाई निरन्तरता दिइने छ’ भनिएको छ ।
यसैगरी नगरपालिकाले एक विद्यालय एक सम्पदा सरसफाइको नीति समेत लिएको छ ।
- न्युज बहार संवाददाता