बैशाख
१२, काठमाडौँ । ९ महिनाको अवधिमा नेपालले १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात
गरेको छ । नेपालले विदेशबाट चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्मको
अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको तथ्याङ्कले देखाएको छ ।
यस
अवधिमा १२ लाख किलोग्राम लसुन भित्रिएको र यसबापत आयातकर्ताले ४ करोड ७० लाख
रुपैयाँ राजश्व बुझाएको भन्सार विभागले जनाएको छ । विशेष गरी चीन र भारतबाट नेपालमा
लसुन आयात हुने गरेकोमा यस अवधिभर चीनबाट १ करोड १६ लाख रुपैयाँ र भारतबाट १७ करोड
५० लाख रुपैयाँको लसुन भित्रिएको तथ्याङ्कले देखाएको छ ।
नेपालबाट
समेत विदेशतर्फ लसुन निर्यात हुने गरेको तर यो न्यून मात्रामा रहेको भन्सार
विभागको तथ्यांकले जनाएको छ ।
- न्युज बहार संवाददाता