चैत ३, काठमाडौँ । यस वर्ष छिटै देखि गर्मी सुरु भएको छ । छिट्टैदेखि यसपालि गर्मीयाम सुरु भएकाले फागुनको पहिलो सातादेखि नै आँप र लिचीमा फूल लाग्न थालिसकेको विभिन्न स्थानहरुबाट जानकारी प्राप्त भएको छ ।
केही
वर्ष पहिला सम्म चैत अन्तिमतिर मात्र आँप र लिची फुल्ने गरेका थिए तर यसपालि आँप र
लिची फागुनको पहिलो सातादेखि नै फुल्न थालिसकेका छन ।
मधेस
प्रदेशअन्तर्गत कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र बाराका कृषि
अर्थ विज्ञका अनुसार मौसम परिवर्तनले यस्तो भएको हो ।
छिटो
गर्मी हुने भएकाले आँप लिची छिटो फुलेका हुन । अहिले फागुन अन्तिम र चैत पहिलो
सातादेखि नै लिची र आँपमा स–साना दाना लाग्न सुरु गरिसकेको अर्थ विज्ञले जनाएका छन ।
- न्युज बहार संवाददाता