पुस ९, बारा
। १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज बारामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अवैध
प्याज जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले १ करोड १५
लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व
कार्यालय पथलैया बारा बुझाइएको छ सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम
न्यौपानेले जनाएका छन ।
- न्युज बहार संवाददाता