Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

व्यावसायिक बेसार खेतीबाट राम्रो आम्दानी लिँदै इलामका किसान

  •   १ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, इलाम । इलाम जिल्लाको रोङ गाउँपालिका४ कोल्बुङस्थित चार सय ५६ घरपरिवार आबद्ध भएको इको चिया उत्पादक सहकारी संस्थाका एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु थालेका छन् ।

गत वर्ष सहकारीमार्फत गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न तालिमसँगै अनुदान पनि उपलब्ध गराएपछि यहाँका किसान चियाका साथै बेसारखेतीमा पनि अकर्षित भएका हुन् ।

अन्य खेती गर्दा बाँदरले दुःख दिएर खेती नै गर्न मन नलाग्ने भइरहेको समयमा  सहकारीले बेसारको बीउ अनुदान दिएपछि कृषकले बारीभरि बेसार लगाएका छन ।

याहाँका एक किसानले एक रोपनी जमिनमा ४० केजी बेसार रोपेकोमा ४०० केजी बेसर फलेको जनाएका छन । यसरी उत्पादन हुँदा उहाँ खुसी देखिइका छन । बेसार खेति गर्दा बाँदरले दुःख नदिने र सहकारीले बारीबाट नै लैजाने भएकोले बजार नाइएला कि भन्ने तनाब पनि नरहेको कृषकहरु बताउँछन ।

याहाँ उत्पादन भएको बेसार प्रतिकेजी तिस रुपैयाँ दरले बिक्री हुने गरेको छ । पहिलेपहिले आफुलाई वर्ष भरी कानको लागि मात्र रोपिने बेसारको अहिले व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको स्थानियहरु बताउँछन ।

  • न्युज बहार संवाददाता

थप