जेठ १, लुम्बिनी । बुटवलबाट प्रहरीले महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले सो गिरोहले घर भाडामा लिएर अखाद्यपदार्थ मिसावट गरी मह उत्पादन गरी बिक्री गर्दै आएको जानकारी दिएका छन ।
प्रहरीले गस्तीका क्रममा मह उत्पादन गर्दै गरेको उद्योगमा भित्र सो गिरोहलाई फेला पारेको थियो। उक्त उद्योगमा खानतलासी गर्दा चार क्विन्टलभन्दा बढी अखाद्यपदार्थ मिसावट गरेको मह फेला परेको प्रहरीले जनाएको छ ।
उद्योगमा मिसावटवाला मह फेलापरे पछी प्रहरीले नजिकैको बस्तिमा पनि खानतलासी गर्ने क्रममा विभिन्न व्यक्तिको घरबाट अखाद्यपदार्थ मिसावट गरेको मह बरामद गरिएको थियो। बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको छ ।
- न्युज बहार संवाददाता