Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हुस्सु र शीतलहरले तरकारी बालीमा क्षति

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

माघ १०, महोत्तरी । यस वर्ष माघ दोस्रो साता बित्नै लाग्दासम्म पनि हिउँदै वर्षा भएको छैन हिउँमा वर्षा नहुँदा अहिले किसानहरु चिन्तित भएका छन् । यो समयम बढेको अत्याधिक चिसोका कारण खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छन ।

महोत्तरीको बलवा–१० धमौराका हासिम राइन भन्छन ‘हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन, एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो, तर खै पानी पर्ने त छाँट नै छैन।” तराइका अधिकांश किसानको पानी नपर्दा लगातारको शीतलहरले तरकारी बालीलाई क्षति पुर्याएको उहाँको गुनासो छ । किसानका अनुसार बाक्लो तुसारोले आलु बोटमै सुक्ने, गोलभेँडा सड्दै बोटबाट झर्ने र कोभीका फुल बढ्न नसकेर कक्रेका छन्, एकपटक अहिले पानी परे मौसम सफा भएर घाम तात्न थाल्थे, बालीनालीलाई राहत मिल्ने थियो ।

किसानहरु विगतमा माघ लागेपछि हुस्सु फाट्दै गएर पारिलो घाम लाग्ने गरेको बताउँछन् । भङ्गाहा–४ रामनगरका ८५ वर्षीय किसान मोती महतोले भने, “माघेसङ्क्रान्ति पर्व मनाएपछि त घाम तात्थ्यो, तर यसपालि त माघ आधा हुनलाग्दासम्म हुस्सुले छाडेको छैन, यो मौसमको कुलक्षण नै हो, आउने दिन खुसीका हुने छैनन् ।”

उनले हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र  खानेपानीका स्रोत मुहान सुक्दै जान थालेकोमा चिन्ता व्यक्त गरेका छन । 

भङ्गाहा–४ रामनगरकै ९० वर्षीय हाजीबिहारी अन्सारीका अनुसार हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन्, यसपालि माघ दोस्रो साता बित्दै गर्दासम्म पानी नपरेको हुँदा नै हुस्सु र चिसो हावा नफाटेको हो । 

  • न्युज बहार संवाददाता

थप