वैशाख २१, कञ्चनपुर । विगत पाँच वर्षदेखि कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले वसन्ते मकैखेती गर्दै आइरहेका छन । उनले वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर राम्रो आम्दानि गरेको बताएका छन ।
उनले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गरेका छन । उनका अनुसार पाँच कट्ठा जग्गामा लगाइएको मकै खेतिमा एउटै मकैको बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।
कृषकका अनुसार उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढ्ने गरेको छ । फागुनको पहिलो हप्ता लगाइएको मकैले जेठमा उत्पादन दिन थाल्छ । चौधरीका अनुसार खेतबारीबाटै हरियो मकै १० देखि १५ रुपैयाँ प्रतिघोगामा बिक्री हुने गरेको छ । यदि हरियो बिक्री भएन भने पाकेपछि पनि सजिलै बिक्री हुन्छ ।
- न्युज बहार संवाददाता