कात्तिक २९, सुनसरी । धरानका अधिकांश महिलाहरुको लागि घोँगीको आम्दानीको नयाँ आधार बनेको छ । घोँगीको व्यापारबाट आएको पैसाले उनिहरुले आफ्ना आवश्यकताहरु पुरा गरिरहेका छन भने घर परिवारलाई पनि आर्थीक पाटोमा सघाएका छन । केही समयदेखी घोँगीको व्यापार गर्दै आएकाहरु बताउँछन यसबाट राम्रो आम्दानी हुने गरेको छ ।
उनिहरुले पोखरीबाट आँफै घोँगी खोजेर बिक्री गर्दै आएको बताउँछन । घोँगी खोज्न गरिएको मेहनत अनुसार आंदानी पनि राम्रो हुने र अरु व्यवसायको
तुलनामा यो काम निक्कै सहज पनि हुने गरेको छ । रामधुनी नगरपालिका–१ झुम्काका स्थानियहरुको घोँगी व्यापार पुर्ख्यौली व्यापार जस्तै पनि हो । झुम्कामा लाग्ने हटियाबजार घोँगी व्यापार गर्ने मुख्य थलो हो ।
झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत
ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको पाइने गर्छ । घोँगी खोज्न भने झुम्कादेखी मोरङको निमुवा पोखरीसम्म पुग्नु पर्छ । तर खोज्न टाढा
जानुपरेता पनि यसको बिक्रीबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुने गरेको व्यापारीहरु बताउँछन ।
घोँगी किन्न प्रत्येक हप्ता लाग्ने हाटबजारमा बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका
ठाउँहरुबाट ग्राहक आउने गर्दछन । मागअनुसार घोँगी पुर्याउन सकिने अवस्था नभएको व्यापारीहरु
बताउँछन । हटियाबजामा प्रतिकिलो घोँगी रु एक सयमा बिक्री हुने गरेको छ । एक दिन मा ९० देखि
१०० किलो सम्म घोँगी बिक्री हुन्छ ।
- न्युज बहार संवाददाता