जेठ २९, झापा
। झापाको कचनकवल गाउँपालिकाका किसान गत चैतमा उत्पादित चैते धान नबिकेपछि चिन्तित
बनेका छन् । कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाका अनुसार केही समयअघि स्थानीय
व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान
बिक्री गरेका थिए तर अहिले बिक्री ठप्प भएको छ ।
उनले भने, “मिललाई धान पर्याप्त भएको हो वा
किन हो थाहा भएन, दुई
दिनदेखि बिक्री ठप्प छ, किसानले धान बाटो पछार्नुपर्ने
अवस्था आइसकेको छ ।” धान
स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले खेतमा धान पाकेर अलपत्र परेको र
किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढेको बताएका छन । सरकारले किसानले
उत्पादन गरेको धानको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुपर्ने उनको माग छ ।
किसानका
अनुसार चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था हुँदैन,
उचित मूल्य नपाए पनि बेच्नैपर्ने बाध्यता रहेको छ । कचनकवल क्षेत्रमा विगत एक दशकदेखि
धान सुपरजोन घोषणा भएपछि धान उत्पादन वृद्धि भएको छ ।
- न्युज बहार संवाददाता