Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

परम्परागत तरिकाले हात्ती धपाउन कठिन भएपछी नयाँ उपाय मौरीपालन गर्दै किसानहरु

  •   १२ महिना अघि | २० असोज २०८२, सोमवार

असोज २०, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका बस्तीहरूमा बसोबास गर्ने किसानहरू जङ्गली हात्तीको त्रासका कारण रातभर निन्द्राविहीन बस्न बाध्य छन्। हात्तीहरूले खेतमा लगाइएका धान, मकै, उखुजस्ता बाली खाएर वा कुल्चेर नोक्सान पुर्‍याउने गरेका छन्। परम्परागत तरिकाले हात्ती धपाउन कठिन भएपछि स्थानीय किसान नयाँ उपायको खोजीमा छन्।

सुदूरपश्चिम प्रदेश सामुदायिक वन राष्ट्रिय महासंघका महासचिव तथा वन्यजन्तु विज्ञ पुनाराम चौधरीका अनुसार हात्तीबाट जोगिन माहुरी पालन प्रभावकारी उपाय हुन सक्छ। उनले भने, “जहाँ माहुरी हुन्छ, हात्ती त्यहाँ नजाने गरेको देखिन्छ, किनकि हात्तीलाई माहुरीको भुनभुन आवाज मन पर्दैन।”

उनका अनुसार, कञ्चन सामुदायिक वन (लालझाडी गाउँपालिका–४, डाँडाजाइँ) मा केही वर्षअघि माहुरी पाल्ने प्रयोग सफलतापूर्वक गरिएको थियो। त्यो समय नियमित रूपमा हात्ती आउने बाटामा माहुरीका घार राखेपछि हात्तीले सो बाटो छाडेको थियो। तर, स्थानीयले त्यस अभ्यासलाई निरन्तरता नदिँदा अहिले फेरि हात्तीको समस्या दोहोरिएको उनले बताए।

चौधरीका अनुसार, माहुरीपालनले हात्ती भगाउने मात्र होइन, मह उत्पादन गरी स्थानीयले आम्दानी पनि गर्न सक्छन्, त्यसैले यस विधिलाई थप प्रोत्साहन र विस्तार गर्नुपर्ने आवश्यकता छ।

यस्तै, नेपाल–भारत सीमावर्ती क्षेत्रका भारतीय समुदायसँगको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोबिल र तमाखु मिसाएर तयार पारिएको डोरीलाई बारबारको रूपमा प्रयोग गर्ने सुझाव पनि आएको थियो। यो उपाय वि.सं. २०७४ सालतिर पुनर्वास नगरपालिकाका सामुदायिक वनहरूमा परीक्षण गरिएको थियो।

 

  • न्युज बहार संवाददाता

थप