Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उत्पादन अनुसारको बजार नपाउँदा मारमा उदयपुरका गोलभेँडा उत्पादक किसानहरु।

  •   ३ वर्ष अघि | २५ जेष्ठ २०८०, बिहिबार

जेठ २५, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले यसपाली २० क्विन्टलभन्दा बढी गोलभेँडा फलाएका छन्। उनले मात्र नभएर यस वडाका एक सय ५० कृषकले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन्।

तर अहिले गोलभेँडा बिक्री गर्न समयमा आँफुले फलाएको गोलभेँडा बिक्री गर्न भने उनीहरूलाई हम्मेहम्मे परेको छ । यसरी दुख गरेर फलाएको गोलभेँडा जसोतसो बिक्री भए पनि उनीहरुले उचित मूल्य नपाएको उनीहरूको गुनासो गरेका छन।

यस वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको वडाध्यक्ष अनन्त हायुले जानकारी गराएका छन ।

गोलभेँडा संकलन केन्द्रका नुजराज कार्कीले उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको जानकारी दिए।

उनले भने, 'उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्, हामीसँग चिस्यान केन्द्र पनि छैन, भण्डारण गरेर राख्न सक्ने अवस्था छैन।'

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था नरहेको उनको गुनासो छ।

गोलभेँडा उत्पादन भएकामा जति खुसी छन् त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा  दुःखी छन् गोलभेँडा कृषक पुष्पराज खड्का

उनी भन्छन, 'प्रतिकिलो गोलभेँडा २० रूपैयाँमा बिक्री गर्नुपरिरहेको छ, राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।'

कृषकहरु उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीहरुले गोलभेँडाको उचित मूल्य नदिँदा मारमा परेका बताउँछन।

  • न्युज बहार संवाददाता

थप