Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बाख्राको दुधबाट चिज बनाउँदै स्याङ्जाका किसान।

  •   ३ वर्ष अघि | ३१ बैशाख २०८०, आइतवार

बैशाख ३१, स्याङ्जा । स्याङ्जा जिल्लाको भीरकोट–८ का किसाहरुले अहिले बाख्राको दुधबाट चिज बनाउने कार्यको थालनी गरेका छन।

भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले पनि बाख्राको दूधबाट चीज उत्पादन सुरु गरेका छन। बिगत दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेकाका डिलबहादुर गुरुङले दुई सातादेखि चीज उत्पादन सुरु गरेका छन । दैनिक पाँच लिटर बाख्राको दूधबाट गुरुङले चीज बनाउँदै आएकाछन् ।

उनको फार्ममा अहिले दुध दिने १० वटा बाख्रा छन। स्याङ्जामा नै पहिलो पटक गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका हुन् । बाख्रा पालनबाट दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन समेत बनाउने उनले लक्ष्य राखेका छन।

गुरुङले  भने ‘ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ, भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ ।‘

बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप भने गुरुङले तनहुँको बन्दीपुरमा सिकेका बताउँछन। दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उनले जानकारी दिएका हुन।

उनले भने ‘अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ, अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा थालेको छु।’

उनले अगाडी भने ‘बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो छ गुणस्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या हुँदैन।’

  • न्युज बहार संवाददाता

थप