Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वर्षौँसम्म बाँझिएको बारीमा कोदो खेती गर्दै म्याग्दीका किसानहरु

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, म्याग्दी । पश्चिम म्याग्दीमा विसं २०५० पछि कोदोखेती गर्ने भेटिन छाडेका थिए तर तीन वर्षयता भने फेरि कोदोखेती गर्ने किसानको संख्या बृद्धी भएको छ । किसानहरु कोदो खेती तर्फ आकर्षित हुनुको कारण यसबाट हुने राम्रो आम्दानी नै हो ।

अहिले गाउँघरबाट मात्र नभएर सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेको स्थानिय बताउँछन । किसानले भनेकै मुल्यमा घरबाट नै कोदो बिक्री हुन थालेपछि वर्षौँसम्म बाँझिएको बारीमा अहिले खनजोत गरी कोदोखेती सुरु गरिएको छ ।

यहाँका किसानका अनुसार प्रतिपाथी रु दुई सयका दरले घरबाट नै कोदो बिक्री हुने गरेको छ भने गत वर्ष पाँच मुरी कोदो बेचिएको थीयो । गत वर्ष भन्दा यस वर्ष कोदो खेती राम्रो भएको र यस वर्ष पोहोरको भन्दा बढी आम्दानी हुने आशा गरिएको किसानहरुले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप