भदौ ५, इलाम । अहिले इलाममा धेरै जसो किसानहरु
‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुन
थालेका छन । उनीहरु आफुले गर्दै आइरहेको परम्परागत खेती छाडेर मनग्य आम्दानी हुने
भएपछि व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ लागेका हुन ।
यसकै
उदाहरण हुन इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण
लिम्बू । किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ सम्म
आम्दानी गरेका छन् ।
उनले एक
बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उत्पादन भएको फल बेचेर ८ लाख आम्दानि
गरेका छ न भने बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका छन । उनका अनुसार यस
वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ
।
उनले करिब
तिन वर्ष वर्षअघि ‘भिलेज
एग्रो फार्म’ दर्ता गरी ड्रागनफ्रुटको
खेती सुरु गरेका हुन । उनको फर्ममा मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट फलेको छ । यस वर्ष बिरुवा हलक्क बढेकाले यसबाट आम्दानी बढ्ने अपेक्षा उनले गरेका
छन । आफ्नै ठाउँमा बसेर कृषि गरिरहेका
लिम्बूले गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा दुबै उत्पादन गर्दै आएका छन् । उनका
अनुसार आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन, उत्पादन
गरेको फल बिक्दैन कि भन्ने चिन्ता पनि छैन, झापाका व्यापारीहरु फल किन्न भनेर
बगानमा नै आउने गरेका छन ।
- न्युज बहार संवाददाता