असोज २९, भक्तपुर । यतिखेरि भक्तपुरका किसानलाई धान
भित्र्याउन भ्याइ नभ्याई परेको छ । एकातिर किसानका कौसी, घरआँगन तथा चोकचोकमा धान सुकाउनेको लर्को
लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त रहेका
छन् ।
किसान केही
दिनअघि परेको लगातारको वर्षाले गर्दा डराएका थिए र सोही किसिमको वर्षाले पुनः पाकेर
पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो
परेको बताउँछन् ।
किसानलाई धान खेती हुने
क्षेत्रहरु हनुमन्ते, मनोहरा र खस्याङ खुसुङ आसपास, ताथली, सुडाल, चाँगुनारायण,दुवाकोट, सिपोडोल, बागेश्वरी, छालिङ, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न भ्याई
नभ्याई छ ।
भक्तपुर
नगरका ल्योसिख्यो, नपुखु क्षेत्र, बाराहीस्थान, भीमसेनस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान
सुकाउने कार्यमा व्यस्त देखिन्छ ।