Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागलुङका किसानहरु चक्लाबन्दीतर्फ आकर्षित हुँदै।

  •   ३ वर्ष अघि | १ साउन २०८०, सोमवार

साउन १, बागलुङ । बागलुङका किसान बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । जिल्लाका किसानहरु बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएकोले चिन्तित थिए। अहिले उक्त बाँझो जग्गामा चक्लाबन्दी मार्फत एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग पु-याउने भएपछि उनिहरु चक्लाबन्दीतर्फ आकर्षित भएका हुन् । 

बागलुङ जिल्लाका किसानले अहिले बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाको खण्डीकरण मिलाउने र एकल बाली लगाउँदा उत्पादनमा वृद्धि हुने भएपछि फार्म, समूह र सहकारीमार्फत चक्लाबन्दी गर्न थालेका हुन् ।

बागलुङ जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अगुवाइमा पछिल्लो तीन वर्षयता १२ स्थानको कृषि फार्म, समूह तथा सहकारीमार्फत आठ सय रोपनी जग्गा चक्लाबन्दी भइसकेको मात्रै छैन चक्लाबन्दीमा गरिएको किवी तथा कागतीले उत्पादन दिन समेत थालिसकेका छन् ।

चक्लाबन्दी गरिएको जग्गामा पानीको निकास हुने, सजिलै यन्त्र उपकरण लैजान सकिने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानको आर्कषण बढेको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाले बताएका छन ।

चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्याउने मात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने देखि खण्डीकरण मिलाइएको जग्गामा अन्नबाहेकको नगदे बाली वा एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रुपमा लिन गरिन्छ । 

थप