Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लक्ष्मीपूजाका लागि केराको थाम बेचेर आम्दानी गर्दै किसानहरु

  •   २ वर्ष अघि | १५ कार्तिक २०८१, बिहिबार

कात्तिक १५, महोत्तरी । आज यस वर्षको दीपावली मुख्य दिन लक्ष्मीपूजा हो । आजको दिन हरेक मानिसहरु लक्ष्मीपूजाका लागि सरसामान जोहो गर्न मा व्यस्त रहेका छन । नेपालका तराइका जिल्लाहरु महोत्तरीसहित मिथिला क्षेत्रमा भने बिहानैदेखि लक्ष्मीपूजाको चहलपहल बढेको छ । यस भेगका बजारहरुमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको देख्न सकिन्छ ।

याहाँ लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको थम्बा प्रयोग गर्ने मैथिल परम्परा रहेको छ । सोही परम्परा अनुसार जिल्लाका गाउँ,नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको लागी भीड नै लागेको हो । मैथिल परम्परा अनुसार लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभइ नहुने हुन्छ । सोही कारण अन्य समयमा खेर जाने केराको थामको आज ठूलो महत्व रहेको छ । 

मैथिल परम्परा अनुसार मिथिला क्षेत्रमा दीपावली तथा छठ पर्वमा समेत स्वागतद्वार बनाउन केराको थाम प्रयोग गरिन्छ । यस समयमा थाम परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको छ । केराको थाम लाभदायक हुनुका साथै केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको पाइन्छ।

यास क्षेत्रका किसानहरु केरा गोडमेल गर्न दिपावली र छठ पर्व पर्खेर बस्छन । वर्षमा एक पटक केरा खेतीलाई गोडमेल गर्नु पर्ने र घरी नलाग्ने केराको बोट निकाल्नु पर्ने भएकोले किसानले यही दिपावली दिपावली समयमा सो काम गर्छन । किसानका अनुसार दिपावलीको समयमा एकजोडा केराका थाम रु चार सयसम्म बिक्री हुने गरेको छ ।

केराखेतीका किसानले दिवाली र यसलगत्तैको छठ पर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने गरेको बताएका छन । उनीहरुका अनुसार यही समय आयआर्जन र गुजाराको राम्रो साधन बनेको छ ।

  • न्युज बहार संवाददाता

थप