Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दूध बिक्री गरेर सहरको पैसा गाउँ भित्राउँदै किसानहरु

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, बागलुङ । दूध बिक्री गरेर बागलुङ जिल्लाका किसानले हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । बागलुङ जिल्ला जैमिनी र बागलुङ नगरपालिकाका तथा काठेखोला गाउँपालिका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् ।

सहकारीमार्फत जैमिनीका किसानले कास्कीको पोखरामा र पर्वतमा दूध निर्यात गर्ने गरेका छन । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बजारमा दूध पुर्याउने गरेका छन् । यहाँका किसानले एक वर्षमै यस सङ्घबाट रु सात करोड ३४ हजार गाउँमा भित्र्याउन सफल भएका हुन् ।

यहाँका कृषकले स्थानिय स्थरमा उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी आम्दानी गरेका हुन् । आर्थिक वर्ष २०७९/८० मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १४  दुग्ध सहकारीमा आबद्ध किसानले सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँमा पुर्याउन सफल भएका हुन ।

  • न्युज बहार संवाददाता

थप