मंसिर १०, म्याग्दी
। म्याग्दीका किसान यतिबेला चिन्तित बनेका छन । किसानका बारीमा टिप्ने
बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
त्याहाँका सुन्तलाको दानाभित्र कीरा परेर आधा
भाग पहेलो भएर सुन्तला झर्न थालेको हो । बेनी
नगरपालिका–४ बास्कुनाका किसान सन्दीप
खत्रीका अनुसार बोटबाट
२५ प्रतिशत सुन्तलाका दाना झरिसकेको छ भने यस्तो समस्या गएको कात्तिकको तेस्रो हप्तादेखि देखिएको हो ।
केही
दिनअघि गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको
नेतृत्वमा बास्कुना पुगेको बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिक र कृषि ज्ञान
केन्द्रको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।
- न्युज बहार संवाददाता