Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खडेरीले मकैको बोट सुक्न थालेपछी किसान चिन्तित ।

  •   ३ वर्ष अघि | २६ जेष्ठ २०८०, शुक्रबार

जेठ २६, काठमाडौँ। केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण त्रियुगा नगरपालिका क्षेत्रमा लगाएका मकैका बोट मर्न थालेपछि किसान चिन्तित बनेका भएका छन।

त्रियुगा नगरपालिका क्षेत्रका पोर्ताह, खैराहा, विसनपुर, लक्ष्मीपुर, मोथ्याई, जोगिदह, भुल्के, खैजनपुर र मोतिगडासहितका क्षेत्रमा रहेका खेतका मकैका बोट मर्न थालेपछि आफूहरु चिन्तित बनेको सम्बन्धित क्षेत्रका किसानहरुले गुनासो गरेका छन।

खैराहाका किसान विष्णु कार्की भन्छन्, ‘आफ्नो भएको झन्डै एक बिघा जग्गा सबै खेतमा यसपटक मकैबाली लगाएको हुँ, जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको थियो, तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाले, मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन्, यसपटकको मकैबाली खान नपाइने भयो।’

त्यसैगरी पोर्ताहका किसान देवीलाल चौधरीको पनि गुनासो उस्तै छ। चौधरी भन्छन्, ‘आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम्रो थियो, तर जेठको पहिला हप्तादेखि नै खडेरी पर्न थाल्यो, झनै दिनदिनै सुक्खा खडेरी लाग्न थालेपछि मकैको बोट मर्न थाल्यो, अहिले खेतको अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट त सुकी नै सके।’

यी त प्रतिनिधी किसान मात्र हुन यस क्षेत्रका सबै भर्खर सुत्ला लाग्दै गरेको मकैको बोट धमाधम सुक्न थालेका छन र सबै किसान आफुले लगाएको मकै भित्राउन नपाइने पिरलोले चिन्तित बन्न पुगेको छन्।

  • न्युज बहार संवाददाता

थप