Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, तेह्रथुम । किसानले सुन्तलाको सिजन हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा भण्डारण गरि राखेर दुई महिनापछी बेच्चा पछि तीन गुणा बढी मूल्य पाएका छन् । हिउँदमा सुन्तला प्रतिकिलो रु ६० हुँदा म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा राखिएका सुन्तला अहिले अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । 

म्याङलुङ–९ साब्लामा कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालन भइरहेको छ।
 
सुन्तला शीतभण्डारमा राखेको दुई महिनामै प्रतिकेजी तिन गुणा मुल्य पाउँदा किसान हर्षित भएका छन । दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर शीतभण्डारमा माघको अन्त्यतिर राखेको सुन्तला दुई महिनामै स्थानीय बजारमा बिक्रीका लागि निकालिएको हो ।  

  • न्युज बहार संवाददाता

थप